पुस २५ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो समेत पश्चिमी राष्ट्रका केही नेताहरुले भनेका छन् कि इरानी मिसाइलले युक्रेनको यात्रु विमान गल्तीका कारण खसालिएको प्रमाण उनीहरुसँग छ।
क्यानडा र ब्रिटेनका नेताहरुले विमान दुर्घटनाको सम्पूर्ण जाँच र छानबिनको माग गरेका छन्। सुरुमा भनिएको थियो कि बुधबार यूक्रेनको एक यात्रुबाहक विमान तेहरान विमानस्थलबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भयो र त्यसमा सवार सबै १७६ मानिसको मृत्यु भयो।
जस्टिन ट्रूडोले भनेका छन् ‘गुप्तचरबाट प्राप्त जानकारीले संकेत दिन्छ कि यूक्रेनका विमान इरानको जमिनबाट हावामा हानिने मिसाइलका कारण हिट भएर दुर्घटनाग्रस्त भएको थियो। तर यो जानाजान गरिएको होइन।’
उनले भने ‘यो बारेमा पर्याप्त छानबिन भयो भने सत्य खुल्ने छ। यो क्यानडाका मानिसहरुको मनमा उब्जेको प्रश्न हो र यसको जवाफ दिइनुपर्छ।’ ट्रूडोले भने, ‘अहिले नै कसैमाथि आरोप लगाउनु हतारो हुने छ।’ उनले प्राप्त प्रमाणहरु के हुन भन्ने बारे थप जानकारी दिन चाहनेनन्।
विमानमा क्यानडाका ६३ नागरिक थिए। उनीहरु सबै टोरन्टो गइरहेका थिए।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जनसनले पनि ट्रूडोको भनाईमा सहमति जनाएका छन् र ब्रिटेन र क्यानडा एक अर्कासँग मिलेर काम काम गरिरहेको उल्लेख गरेका छन्।
यसअघि अमेरिकी मिडियाले इरानले गल्तीले यूक्रेनको सिवमान खसालेको दाबी गरेको थिए।