प्यूठान, पुस २५ । प्यूठानमा बसको ठक्करबाट स्वर्गद्वारी दर्शनका लागि आएका एक भारतीयको मृत्यु भएको छ।
शुक्रबार बिहान स्वर्गद्वारीबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका–२ बाइनेटामा भारतको युपी सराबस्ती बस्ने २६ वर्षीय गुरु प्रसाद यादवलाइ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
सोही स्थानका २३ वर्षीय नथुराम यादवको भने बाँया खुट्टा भाँचिएकाले उपचारको लागि दाङ तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
गाडी र चालक प्रहीको नियन्त्रणमा रहेका छन्।