काठमाडौं, पुस २५ । बलिउड अभिनेता ऋतिक रोशन ४६ वर्ष पुगेका छन्। एसियाकै सेक्सी पुरुषको रुपमा चिनिएका रोशनले ६ वर्षकै उमेरमा अभिनयको यात्रा सुरु गरेका थिए। उनी अभिनय र नृत्य दुवैमा पोख्त छन्।
उनको जन्म सन् १९७४ को जनवरी १० तारिखमा भएको थियो। उनको वास्तविक नाम ऋतिक राकेश नागरथ हो। पिता राकेश र नागरथ उनका हजुरबुबा हुन्। ऋतिक रोशनको परिवारको सम्बन्ध संगितसँग निकै राम्रो छ। त्यसैले ऋतिक रोशन पनि गायक नै हुन्। उनले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘गुजारिश’ जस्ता फिल्महरु खेलेका छन्।
सुजैनसँग विवाह
ऋतिकले पहिलो फिल्म ‘कहो न प्यार है’ पछि सुजैनसँग सन् २००० मा विवाह गरेका थिए। तर सम्बन्धमा आएको दरारपछि उनले विवाहको १४ वर्षपछि सन् २०१४ मा सुजैनसँग सम्बन्धविच्छेद गरे।
विवाहका लागि ३० हजार ‘प्रपोज’
मुम्बई मिररको रिपोर्टमा उल्लेख भएअनुसार ऋतिकलाई विवाहका लागि ३० हजार प्रस्ताव आएको थियो। तर उनले सबैबाट सुजैनसँग विवाह गरे ।
‘चेन स्मोकर’
कुनै एक समय ऋतिक रोशन चेन स्मोकर थिए। तर उनले ‘ईजी वे टू स्टप स्मोकिङ’ नामक किताब पढेपछि चुरोट पिउन छाडेका थिए।
‘कहो ना प्यार है’ बाट फिल्म क्षेत्रमा आएका ऋतिकको अभिनयले धेरै दर्शकलाई लोभ्याउन सफल भएको छ। उनले पहिलो फिल्मपछि सबै हिट फिल्म दिएका छन् । एजेन्सी