मोरङ, पुस २५ । आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्लाको बेलबारी नगरपालिका–७ केराटोल बस्ने ४० वर्षीय जगतबहादुर परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सामान्य घरायसी बिवाद हुँदा जगतबहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।