काठमाडौं, पुस २४। गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खी बसें २’ निर्माण गर्ने भएको छ ।
गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोका विनोद सापकोटाबीच बिहीवार चलचित्र निर्माण गर्ने सहमति भएको हो ।
चलचित्रमा नीकिता र विनोद दुबै जना निर्माता रहनेछन्। साथै प्रदीप दाहाल र तीर्थप्रसाद पौडेलले चलचित्रमा सह निर्माताको रुपमा काम गर्ने बताइएको छ।
२०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। चलचित्र निर्देशक चौधरीकै कथामा बन्ने भएको छ ।