काठमाडौं, पुस २६ । भारतकाे उत्तरप्रदेशस्थित कन्नौजकाे छिबरामउ जीटी राेडस्थित घिलाेई गाउँमा भएकाे दुर्घटनामा २० जनाकाे मृत्यु भएकाे छ। ५० यात्रु बाेकेकाे बस ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। २१ जनालाई भने बसबाट उद्धार गरिएको छ। तीमध्ये कतिपयले बसबाटै हामफालेर ज्यान जोगाएका छन्।
एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले मृतकका परिवारलाई दुई-दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेका छन्।