काठमाडौं, पुस २६ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) काठमाडौंको अध्यक्षमा ओमप्रसाद वाग्ले चयन भएका छन्। शुक्रबार काठमाडौंमा भएको दोस्रो अधिवेशनबाट वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो। समितिको उपाध्यक्षमा मुना तामाङ, सचिवमा शम्भु पौड्याल र कोषाध्यक्षमा सुदीप काफ्लेलाई चयन गरिएको छ।
यस्तै कार्यसमिति सदस्यहरुमा भने सुवोधलाल मण्डल, सुशीला केसी, सुधा आचार्य, धनिपत राय यादव र प्रदीप केसी चयन भएका छन्। सोही अधिवेशनबाट रामकिशोर साह र प्रकाश देवकोटालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ भने शंकरप्रसाद घिमिरे र भीमसेन अधिकारीलाई सल्लाहकारमा चयन गरिएको छ।