गोरखा, पुस २६ । गोरखाको शहिद लखन गाउँपालिका–१ बक्राङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन्।
शुक्रबार राती एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए।
टावरमा आगजनी हुँदा तारलगायत सामान जलेर नष्ट भएको एसपी अधिकारीले बताए। एसपी अधिकारीका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको ।
घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संलग्न रहेको अनुमान गरेपनि पुष्टि हुनसकेको छैन्।