तेहरान, पुस २७। इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।दुई ठला विश्वविद्यालय नजिकका प्रदर्शनकारीलाई पन्छाउन त्यहाँको प्रहरीले अश्रु ग्यासँ प्रहार गरेको बताएको छ।
इरानले विमान दुर्घटनाको तीन दिन पछि गल्ती स्विकार गदै आफ्नो मिसाइलले नै यात्री विमानलाई खसालेको स्विकार गरेको हो।इरानको तर्फबाट आएको भनाइमा यसलाई मानवीय भूल भनिएको छ। बोइङ ७३७ फ्लाइट युक्रेनियन इन्टरनेशनल एयरलाइन्सको थियो। गत बुधबारको उडानपछि यसलाई तेहरानको बाहिरी इलाकामा खसालिएको थियो।
इरानले इराकमा अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो। यसको केही घण्टामा सो विमानलाई खसालिएको थियो। यो भन्दा पहिला इरानले यो कुरालाई अस्वीकार गरेको थियो।
इरानका राष्ट्रपति हसन रुहानीले ट्विट गर्दै भनेका छन्,“मानवीय भूलका कारण युक्रेनको यात्रु विमानमा मिसाइल प्रहार भयो र १७६ जना निर्दोषको ज्यान गयो।
रिभोलुसनरी गार्डले आफ्नो वक्तव्यमा भनेको छ,“यसमा जसको गल्ती हुन्छ उसलाई कानुनी कारवाही गरिनेछ सेनाले सबै आम्र्ड फोर्सेजको अपरेसनमा व्यापक सुधार गर्नेछ ताकि आगामी दिनमा यस्तो गल्ती नहोस्।”
इरानलाई सो विमान दुर्घटनाका बारेमा जिम्मेवार ठहर्याउने अन्तर्राष्ट्रिय माहोल बढ्दै गएपछि इरान आफैंले दुर्घटना आफ्नै गल्तीले भएको स्वीकार गरेको हो।