चलचित्र ‘लप्पन छप्पन २’ को अफिसियलटीजर सार्वजनिक भएको छ। एक्सन जनराको चलचित्र ‘लप्पन छप्पन २’ को निर्देशन मुकुन्द भट्टले गरेका हुन् ।
चलचित्रमा सौगात मल्ल, अर्पण थापा, शिव श्रेष्ठ, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवार, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, अनिल खनाल, राजेन्द्र विस्ट, शक्ति श्रेष्ठ, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना लगायत कलाकारको अभिनय रहेको छ।
यस्तै चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ। यो चलचित्रलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुवँर, निर्मल कुमार मिश्र, सुदीप चन्द्र बक्रेल र सन्तोष चन्द्र बख्रेलले निर्माण गरेका हुन्। चलचित्र वैशाख १२ गते देखि प्रर्दशनमा आउने छ ।