काठमाण्डौं, पुस २७ । काठमाडौंको गौशाला (पिंगलास्थान) बाट घरेलु पेस्तोलसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा पिंगलास्थान बस्ने घनुषा घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहाको विष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा छन्।
महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको टोलीले बा १५ च ७५३६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई पेस्तोलसहित पक्राउ गरेको हो।
उनीहरुले कारको सिटमुनी पेस्तोल लुकाएर राखेका थिए। प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ।