काठमाण्डौं, । विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो।
आर्मीविरुद्ध पुलिसले २५-२२, २५-९ र २५-१२ को सेटमा जित निकाल्यो।
तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया प्राप्त गरेको छ। चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको फाइनलमा अहिले आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टिम एपीएफ क्लब बिच खेल भईरहेको छ।