काठमाण्डौं, पुस २७ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले संसद बैठक स्थगित भएपछि नेकपाले संसदलाई दलको छाया बनाएको आरोप लगाएका छन्। उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विटरमा लेख्दै उपसभामुखलाई नियमानुसार सदनको प्रक्रिया अघि बढाउन पनि भनेका छन्।
‘नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय,’ उनले लेखेका छन्, ‘यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ। उपसभामुखज्यू,संसद कुनै दलको छाया होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रक्रिया अगाडि बढाइयोस्।’