नवलपुर,पुस २७ । पूर्वी नवलपरासीमा अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ।
देवचुली नगरपालिका-३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषधका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। युवकको शव देवचुली-१५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणपट्टी भेटिएको थियो।
घर्तीको शरीरमा लागूऔषध प्रयोगका लागि लगाइएको सुईका निशानहरु रहेको र केही मात्रामा लागूऔषध पनि बरामद भएको भनाइ छ। पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइने अस्थायी प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ।