काठमाण्डौं, पुस २८ । स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन्।
नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको खबरहबलाई जानकारी दिए।
‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले भने। आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ।
‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो।’ उनले भने।




