रौतहट, पुस २८ । रौतहटको गौर कारागारबाट एक कैदी फरार भएका छन्।
अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका गडिमाइ १ का अशोक यादव कारागारबाट शनिवार राति राति फरार भएका हुन्।
जिल्ला अदालत गौरबाट १५ वर्ष सजायको फैसला भएका यादव विगत तीन वर्षदेखि कारागारमा रहेका थिए। कारागारबाट कैदी फरार भएपछि प्रशासन कार्यालयले अधिकृत किरणनिधी तिवारीको नेतृत्व मा छानबिन समिति गठन गरेको छ।