पुष २८ । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ। आईतबार राति शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि हात पारेको हो।
सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बन्यो। निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो। एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए।
रियलले १० खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो। अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए।
जोआओ फिलिक्सले पहिलो हाफमा केही राम्रो अवसर पाएका थिए । तर उनको गोल गर्न सकेनन्। रियलले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो । तर सर्बियन फरवार्ड लुका जोभिकको प्रहार बतासिएको थियो। रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो।
प्रतियोगिता नयाँ ढाँचामा खेलाईएको थियो। स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो।
रियलले गत सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। बार्सिलोना लिग विजेता र कोपा डेल रेको फाईनल खेलेको टिम बनेपछि रियल प्रतियोगिता खेल्न छानिएको हो। एजेन्सी