पुस २८ । जम्मू–कश्मीरको पुंछ जिल्लामा गएको शुक्रबार भएको आक्रमणमा दुई सर्वसाधारण मजदुरको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।
शुक्रबार पाकिस्तानको बोर्डर एक्सन टिम ९बिएटी० गरे गरेको आक्रमणमा दुईजनाको ज्यान गएको भारतीय सेनाले जनाएको हो। भारत–पाकिस्तान सीमा नियन्त्रण रेखा नजिकै सो घटना भएको हो।
एक मजदुरको घटनास्थलमै मृत्यु भएको हो। अरु चारजना घाइते भएका थिए। घाइते मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सेनाले जनाएको छ। तीन घाइतेको हाल उपचार जारी छ।
मृत्यु भएका दुवै पुंछ जिल्लाको कासालियान गाउँका हुन्। उनीहरुको नाम मोहम्मद असलम र अल्ताफ हुसैन रहेको सेनाले जनाएको छ। मृतक मध्ये एकजनाको टाउको समेत काटिएको सैनिक अधिकारीले बताएका छन्।