बारा, पुस २८ । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला अदालत बाराले ०७२ चैत २१ गते उनीमाथी जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद फैसला गरेको थियो। उनलाई लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए।
साहलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको छ।