जनकपुर, पुस २८ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला तानिएको छ। पीडित परिवारले दिलीप महतो हत्यामा प्रहरी निरीक्षक यादवको संलग्नता रहेको आरोप लगाएपछि उनलाई आइतबार जिल्ला तानिएको हो।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर घर भएका दिलीप स्थानीय क्रसर उद्योगले औरही नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्दै आएका थिए। उनलाई शुक्रवार बिहान हत्या गरिएको थियो।
घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा दिलीपको शव मुचुल्का नै नबनाई प्रहरी निरीक्षक यादव र वडाध्यक्ष श्यामबाबु यादवले अस्पताल पठाएका थिए।