पुस २८। महेन्द्र राज बरालको केही दिन अघि सार्वजनिक गीत ‘बोलि देउ सान्नानी’को टिकटक प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले बोली देउ सान्नानी गीतमा भिडियो बनाउन सक्नु हुनेछ। प्रतियोगितामा प्रथम ,द्धितिय र तृतीय हुनेलाईृ क्रमश पच्चिस ,पन्ध्र ,दस हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको अवधि पुस २६ देखि फागुन १ गते सम्म रहनेछ।
गीतमा महेन्द्र सँगै मेलिना राईको आवाज रहेको छ। बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ। म्युजिक भिडियो मा महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको छ भने शिव बिकले कोरियोग्राफी गरेका हुन्। भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। छायांकन तथा निर्देशन अमृत सुनुवार रहेको छ।
बराल को यस अघि तिमि कहाँ, जोगी होइन् भोगी आयो,नभए साहारा गीतहरु सार्वजनिक भइसकेका छन्।