दाङ, पुस २८ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एउटा मोबाइल बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ।