पुस २८ । भारतको बहुजन समाज पार्टी (बीएसपी) प्रमुख मायावतीले सोमवार भनेकी छन् कि उनको पार्टी नागरिकता संशोधन कानून र एनआरसीलाई लिएर कांग्रेसको नेतृत्वमा हुने बैठकमा सहभागी हुने छैन।
मायावतीले ट्वीट गरेर भनेकी छन्, ‘राजस्थानको कांग्रेस सरकारलाई बीएसपीले बाहिरबाट समर्थन दिए पनि उनीहरुले दोस्रो पटक हाम्रा विधायकलाई फुटाएर आफ्नो पार्टीमा शामिल गरेका छन्। यो विश्वासघात हो।’
मायावतीले अर्को ट्वीटमा भनेकी छन्, ‘यस्तोमा कांग्रेसको नेतृत्वमा सोमबार बोलाइएको बैठकमा बीएसपी सहभागी हुनु भनेको राजस्थानमा पार्टीका कार्यकर्ताको मनोबल घटाउनु हो। त्यसैले बीएसपी उक्त बैठकमा सहभागी हुँदैन। त्यसै पनि बीएसपी सीएए र एनआरसीको विरोधमा छ। केन्द्र सरकारलाई आग्रह छ कि उसले यो विभाजनकारी र असंवैधानिक कानूनलाई फिर्ता लेओस्, साथै जेएनयूमा पनि विद्यार्थीहरुमा राजनीतिकरण गर्नु यो दुर्भाग्यपूर्ण छ।’
यो बैठकमा आम आदमी पार्टी पनि शामिल नहुने भएको छ। पार्टीका शीर्ष नेता तथा राज्यसभा सांसद संजय सिंहले भने कि उनको पार्टीलाई यसबारेमा कुनै सूचना दिइएको छैन।