मकवानपुर, पुस २८ । मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको माला तथा दानासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे जिल्लाको साविक तिमाल गाविस-२ का ४२ वर्षीय जगत लामा तामाङ र तेमाल-६ का ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन्।
उनीहरुको साथबाट १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला, २५ किलो बुद्धचित्तको दाना र १ सय ४४ थान रुद्राक्षको माला बरामद भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको जीप मनहरी गाउँपालिका-७ मनहरीमा आइतबार चेकजाँच गर्ने क्रममा उक्त सामानसहित उनीहरु पक्राउ परेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।