काठमाण्डौं, पुस २८ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका गुरुङसँग सिआइबीले लगातार दुई दिन सोधपुछ गरेको हो। एसपी बेल पाण्डेय नेतृत्वमा गठित सिआइवीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ।
यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ। तर यसमा जोडिएका सरकारी कर्मचारी बाहेकका व्यक्तिबारे सिआइवीले पनि अनुसन्धान गरिरहेको हो।