म्याग्दी, पुस २८। म्याग्दीको भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन्।
प्रहरीले सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र उक्त बन्दुकमा प्रयोग हुने ३ डब्बा बारुद छर्रा बरामद गरेको हो।