काठमाण्डौं, पुस २८। मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मलेसिया-११ ले सान्त्वना जित हात पारेको छ।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशलाई १ सय ९२ रनले पराजित गर्यो।
इनरुवा रंगशालामा मलेसियाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याको गण्डकी २७ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अलआउट भयो। उसका बिपिन खत्रीले ४२ रनको सर्वाधिक इनिङ्स खेले।
यस्तै प्रविन ढकालले १९ र बिधान श्रेष्ठले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोरोहो अंक छुन सकेनन्।
मलेसियाका सुहार्रिल फेट्रिले ४ तथा अनवर रहमन र विजय उन्नीले समान ३र३ विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो। मलेसियाको उच्च स्कोरमा ३ खेलाडीले अर्धशतक बनाए।
ऐनोल हकिमले सर्वाधिक ८९ रन बनाउँदा भुसन सेभ र भिरनदिप सिंहले समान ५०/५० रन बनाए। यस्तै कप्तान अहमेद फाइजले ३१, मोहमद अरिफले २० रनको योगदान गरे।
गण्डकीका बिपिन खत्रीले ३ विकेट लिए। यस्तै चन्द्र पौडेलले २ र गोविन्द प्रधानले १ विकेट हात पारे।
जितसँगै मलेसियाले समूह ुडीु बाट २ खेलमा २ अंक जोड्यो। गण्डकीले २ खेलमा अंक जोड्न सकेन्।
यस समूहबाट सुदुरपश्चिम प्रदेशले २ खेलमा २ जित निकाल्दै सेमिफाइनलमा स्थान बनाईसकेको छ।
अब सेमिफाइनलमा त्रिभुवन आर्मीले प्रदेश ३ तथा नेपाल पुलिस क्लबले सुदुर पश्चिम प्रदेशको सामना गर्नेछ।