काठमाण्डौं, पुस २८ । प्राविधिकतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी नेपाल प्रहरी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.आशा सिंहविरुद्ध पदीय दुरुपयोगको आरोपमा अख्तियार दुरुपयो अनुसन्धान आयोगमा उजुरी परेको छ।
भर्खरै मात्र एआइजीमा बढुवाका लागि सिफारिस भएकी डा. सिंहविरुद्ध आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो। सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभए पनि युएनको तक्मा लगाएको भेटिएपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नै नभई सहभागी प्रहरी अधिकारीले लगाउने लोगो लगाएको, नेपाल सरकारले प्रदान गर्ने पदक नपाइ पदकसमेत लगाएर दुरुपयोग गरेको भन्दै छानबिनका लागि अख्तियारमा सिंहविरुद्ध उजुरी गरिएको उनको उजुरीमा लेखिएको छ।
यता नेपाल प्रहरीको अभिलेखअनुसार सिंहले कुनै पनि मिसनमा भाग लिएको भेटिएको छैन जसले गर्दा सार्वजनिक पदमा बसेर सरकारी तथा अन्तर्राष्ट्रिय चिन्हको दुरुपयोग गरेको हुँदा डाक्टर सिंहलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्न उनको नाममा परेको उजुरीमा उल्लेख गरिएको छ।