जनकपुर,पुस २८। जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु गरिसक्ने योजना रेल विभागको रहेको अधिकारीहरूले बताएका छन्।
त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको विभागले बताएको छन्।
रेलचालक, सह-चालकदेखि अधिकांश प्राविधिकहरूमा भारतीय कर्मचारी रहने र व्यवस्थापकीय कर्मचारी भने नेपाली नै रहने रेल विभागको भनाइ छ।
रेल सञ्चालनमा नेपालको अनुभव कम रहेको र पछिल्ला वर्षहरूमा प्रविधि पनि परिष्कृत भएको हुँदा केही समयका लागि भारतीय प्राविधिक तथा चालक राखिने विभागका महानिर्देशक बलराम मिश्रले बताए।