माघ, १ । स्पेनको स्वायत्त राज्य क्याटालोनियामा रहेको रसायन प्लानमा बिस्फोट भएको छ। स्थानीय अधिकारीका अनुसार बिस्फोटमा कम्तिमा एकजनाको मृत्यु भएको तथा अरु ८ जना घाइते भएका छन्।
घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। बिस्फोटपछि एकजना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
तारागोनाको दक्षिणी क्षेत्रमा रहेको प्लान्टमा रसायन दुर्घटनाका कारण भीषण आगलागी समेत भएको छ। घटना लगत्तै अधिकारीहरुले स्थानीय बासिन्दालाई घर मै बस्न भनेका थिए।
तर त्यसपछि रसायनमा विषालु सामग्री नरहेको स्पष्ट पारेका छन्। रसायन बिस्फोटपछि मंगलबार अबेर राति लागेको आगो निभाउन दर्जनौँ अग्निनियन्त्रक खटिएका थिए।