माघ १ । जोर्डन हेन्डरसन र लुसी ब्रोन्ज इंग्ल्यान्डका वर्ष खेलाडी घोषित भएका छन्। लिभरपुलका २९ वर्षका कप्तान हेन्डरसनले रहिम स्टर्लिङ र ह्यारीलाई पछि पार्दै पुरुषतर्फको वर्ष खेलाडी घोषित भएका हुन्।
फ्रेन्च क्लब लियोनका लागि खेल्ने ब्रोन्जले महिलातर्फको वर्ष खेलाडी घोषित भईन्। २८ वर्षकी ब्रोन्जले क्लबलाई सिबिलिभ्स कपको उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेकी थिईन्। त्यस्तै पहिलो पटक विश्वकपको सेमिफाईनलसम्म प्रेरणादायी प्रर्दशन गरेकी थिईन्।
ब्रोन्जले ८१ क्याप खेल्दै युईएफए वुमन्स प्लेयर अफ दी ईयर समेत घोषित भएकी थिईन। यस्तै लियोनलाई चार ट्रफी जिताउन सफल भएकी थिईन्।
हेन्डरसनले गत मार्चमा मात्र ५० क्याप पुरा गरेका थिए। उनी युरो छनोटमा ईङ्ल्याण्ड टिमका नियमित र महत्वपुर्ण सदस्य हुन्। नेसन्स लिगमा ईङ्ल्याण्डलाई तेस्रो स्थान दिलाउन हेन्डरनले सहयोग गरेका थिए।
महिला र पुरुषतर्फका विजेताले आ आफ्नो क्लबको तर्फबाट च्याम्पियन्स लिगको उपाधि जितेका छन्। एजेन्सी