माघ १ । यात्रु विमानले अमेरिकाको लस एन्जलसमा आपतकालीन अवतरण गरेको छ। सो विमानले स्थानीय विद्यालयको खेल मैदानमा आफ्नो इन्धन खसालेको थियो।
विमानले खसालेको इन्धनका कारण कम्तिमा १७ बालबालिका तथा अरु धेरै वयश्कहरुमा छाला तथा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
आपतकालीन अवतरणको क्रममा इन्धन खसेको हुन सक्ने जनाइएको छ। लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको डेल्टा एयरको विमान इन्जिनमा समस्या देखिएपछि उडेकै विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो।
सो विमानले लस एन्जलस विमानस्थ्लबाट २६ किलोमिटर पर कुडाहीमा रहेको पार्क एलिमेन्ट्री स्कूलमा इन्धन खसालेको हो।