चितवन, माघ १ । चितवनको चितवन मेडिकल कलेजले स्थापनाको १३ औं वर्षको अवसरमा एक महिने निःशुल्क दन्त शिविर सुरु गरेको छ। माघ १ गतेबाट सुरु भएको शिविर २९ गतेसम्म चल्ने कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
‘माघ महिना मुस्कानको महिना हाँसौं खुलेर’ भन्ने नारासहित सुरु भएको शिविर अन्तर्गत बुधबार माघे संक्रान्तीका अवसरमा देवघाटमा वृहत दन्त शिविरको आयोजना गरिएको छ। अन्य समयमा विहान ८ बजेदेखि ४ बजेसम्म कलेजमा नै आएर सेवा लिन सकिने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारीदिए।