काठमाण्डौं, । सिस्टम डाउन भएपछि नेपाल बैंक लिमिटेडको सम्पूर्ण कारोबार ठप्प भएको छ। बुधबार बिहानैदेखि सिस्टममा समस्या उत्पन्न भएको र सुधारको प्रयास जारी रहेको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए।
बिहान आठ बजेसम्म ठिकै रहेको बैंकको प्रणालीमा एकाएक समस्या उत्पन्न भएपछि देशभरका शाखा कार्यालयहरुको कामकाज प्रभावित भएको छ। कामका लागि बैंक पुगेका ग्राहकहरु हैरान भएका छन्।
आज बेलुकासम्ममा समस्या समाधान भएर कामकाज सुचारु भइसक्ने अधिकारीले बताए। उनले अहिले बैंकबाट रकम झिक्ने काम पूर्ण रुपमा ठप्प रहेको र डिपोजिटको काम केही हदसम्म भइरहेको जानकारी दिए।