चितवन, माघ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देवघाट धाममा स्नान तथा पुजाआजा गरेर माघेसंक्रान्ति पर्व मनाएका छन्।
परिवारका साथ तनहुँ, चितवन र नवलपुरको संगम पवित्र तीर्थस्थल देवघाटधाम पुगेर थापाले स्नान तथा पुजाआजा गरेका हुन्।
माघेसंक्रान्तिको अवसरमा यतिखेर देवघाटमा मेला समेत लागेको छ। देवघाटधाम पुगेका थापाले स्थानीय नेता(कार्यकर्तासँग पनि भेटघाट गरेका छन्।