चितवन, माघ ०१। मंगलबार साझ चौबिसकोठी चोकमा फरक किसिमको कार्यक्रम देखियो। यसो त चौबिसकोठीमा समय समयमा विभिन्न कार्यक्रम हुने गर्छ। कार्यक्रम विकासको नाम काटिएका सम्पुर्ण रुखहरूका सम्झनामा शोक सभाको थियो।
पछिल्लो समय सडक बिस्तारको लाीग कयौँ रुखहरु काटिरहेका छन। यस्तै केहि दिन अगाडी चौविसकोठी चोकमा रहेको वर पिपल जोडीको चौतारी पनि ढालियो। अहिले चौविसकोठी उजाड र नाङगो देखिएको छ।
भरतपुर महानगरपालिकाले गोन्द्राङ पुल्चोक सडक विस्तारको लागि चौबिसकोठी लगायत अन्य सडक वरिपरिका रुखहरु काटिरहेको छ। सहरी क्षेत्रको सडक बिस्तार गर्ने योजना अन्तर्गत अहिले ४ लेन रहेको गोन्द्राङ–पुल्चोक सडक ६ लेनको बनाउनको लागि ५० मि. मार्ग अधिकार भित्रका सबै संरचना र रूखहरू हटाउन लागिएका हुन्।
शोक सभामा, ‘सडक बिस्तार गर्ने क्रममा के कति रूखहरू काटिनु पर्ने थियो, केति रूखहरू काटिएका छन् ?’,‘काटिएका रुखहरूको भरपाई कसरी गरिँदैछ?’ ‘के अब हाम्रो सहर कंक्रिटको सहर बन्ने नै हो?’,‘ हामीले बुझेका विकास यही त हो?’,‘के छ यो नोक्सानको भरपाई गर्ने विकल्प?’,‘अनि कसरी बन्दैछ वातावरण मैत्री सुरक्षित सहर?’ लेखिएका प्लेकार्डहरू सहित सहभागिहरू उपस्थित थिए।यस्तै प्रश्नका जवाफ खोज्दै आफ्नो आवाज राख्दै थिए बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्की।
कार्यक्रममा बोल्दै उनले हामीले विकासको विरोध गरेका होइन तर पनि हाम्रै अगाडि विकासका नाममा काट्नै नपर्ने रूख काटिन थिलिएपछि रुख बोल्दैन त्यसैले हामीले आवाज उठाएको हौं। वातावरणमैत्री विकास आजको आवश्यकता हो।