माघ २ । पाहुना टिम आयरल्याण्डविरुद्ध पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इण्डिज पराजित भएको छ। बुधबार राति भएको पहिलो खेलमा आयरल्याण्डले विश्व च्याम्पियन वेष्ट इण्डिजलाई ४ रनले हराएको हो।
ग्रिनाडा आयरल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो।
वेष्ट इण्डिजका लागि इभिन लेविसले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केइरन पोलार्डले ३१ रन बनाए। शिम्रण हिटमेयरले २८ तथा निकोलस पुरण र रुथरफोर्डले समान २६/२६ रन बनाए। आयरल्याण्डका जोश लिटलले ३ तथा क्यारिग योङले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।
आयरल्याण्डका लागि पाउल स्टर्लिङले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दा केभिन ओ ब्रुएनले ४८ रन बनाए।
वेष्ट इण्डिजका सेल्डोन कोट्रेल, खारी पिएरे र ड्वाने ब्राभोले समान २/२ विकेट लिए।
जितसँगै आयरल्याण्डले ३ खेलको सिरिजमा १/० ले अग्रता बनाएको छ। एजेन्सी