काठमाण्डौं, माघ २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहका बीचमा भेटवार्ता भएको छ।
स्वास्थ्य उपचारका लागि सोमवार भारतको नयाँ दिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका सिंहसँग बुधवार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन्।
भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ। साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको थियो।