काठमाण्डौं, माघ २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन्।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्।
”विप्लवले कव्जा गरेर कव्जा हुँदैन । नेपाल सरकारले आफैले छानवीन गरिरहेको छ। र त्यो जग्गा जसले जे भनेपनि नेपाली जनताको र सरकारको हो। त्यो व्यक्तिहरुलाई दिन सकिँदैन। यो विप्लवको चर्चामा आउने प्रयास हो। सार्वजनिक चासो भएको विषयमा एक्सन लिइयो भने शक्तिशाली हुनसकिन्छ कि भन्ने हुनसक्छ ‘ उनले भने। यो आतंकवादी क्रियाकलाप भएको उनको भनाइ छ।