काठमाण्डौं, माघ २ । राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनीभूत छलफल हुने राप्रपाले जनाएको छ।
प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।