माघ ३ । इरानका सर्वोच्च धार्मिक नेता अयातुल्लाह अली खमेनेईले शुक्रवार नमाजको अगुवाई गर्ने र नागरिकहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ। पछिल्लो आठ वर्षमा यो पहिलो पटक हुने छ जब उनी शुक्रवारको नमाजको अगुवाई गर्नेछन्।
इरानको सरकारले हालैका वर्षमा लगातार बढिरहेको महँगीका कारण मानिसहरुको आक्रोश र प्रदर्शनको सामना गर्नुपरेको छ। आगामी २१ फरवरीमा इरानमा संसदीय चुनाव भइरहेको छ।
चुनाव नजिकिँदै गरेका बेला अयातुल्लाह अली खमेनेईको आज हुने सम्बोधनलाई महव्वका साथ हेरिएको छ। एजेन्सी