माघ ३ । इन्ग्लिश क्लब चेल्सीका डिफेन्डर रिस जेम्सले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
इंग्ल्याण्डका २० वर्षे युवा डिफेन्डर जेम्सले लामो समय क्लबमै रहने गरि नयाँ सम्झौता गरेका छन्। नयाँ सम्झौतासँगै जेम्स सन् २०२५ सम्म चेल्सीमा रहने छन्।
जेम्सले चेल्सीका लागि १८ खेल खेलिसकेका छन्। चाम्पियन्स लिग अन्तर्गत गत नोभेम्बरमा आयाक्ससँगको ४-४ बराबरी खेल्दा जेम्सले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएका थिए।
चेल्सीसँगको सम्झौतापछि जेम्सले क्लबमा लामो समय रहने सपना पुरा भएको बताए।