वीरगञ्ज, माघ ३ । बाख्रा चराउन गएकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर २० बस्ने २५ वर्षीय शेष जमिन आलम, सोही वडाका १८ वर्षीय नैमुदिन अन्सारी र १९ वर्षीय शेष समी अख्तर रहेका छन्।
उनीहरुले मंगलबार बाख्रा चराउन गएकी २० वर्षीय युवतीलाई उखुबारीमा लगेर जबजस्तीकरणी गरेको प्रहरीले जनाएको छ। जबरजस्ती करणी गरिरहेको बेला स्थानीय वीरेन्द्र प्रसाद चौरासियाले युवतीको उद्धार गरि प्रहरीमा खबर गरेका थिए।
सोक्रममा आरोपितहरुले चौरासिया र पीडित युवतीलाई घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए। जबरजस्तीकरणीको घटनालाई गाउँमै मिलाउन प्रयास भइरहेको बेला सूचना पाएर प्रहरीले उनीहरु तीनैजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए।