माघ ०३। पूर्व राजा ज्ञानेन्द शाहकी छोरी प्रेरणा राज्य लक्ष्मी देवी सिंहलाई नेपाल ट्रष्टले ३५ दिने सूचना जारी गरेको छ।
नेपाल ट्रष्टले आज एक सूचना जारी गर्दै उक्त घर खाली गरिदिन आग्रह गरेको हो।सिंहले सर्वोच्चमा दायर गरेको पुनरवलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक रहेको फैसला गरेको थियो।
सर्वोच्च अदालतको निर्णय अनुसार २०७३ साल मै सिंहले प्रयोग गर्दै आएको घर जग्गा ट्रष्टको नाममा कायम भैसकेको थियो।
उक्त घर खाली गर्न ट्रष्टले पटक पटक पत्रचार र सार्वजनिक सूचना जारी गर्दा समेत घर जग्गा खारी नगरे पछि ट्रष्टले पुन यो सूचना जारी गरेको हो।
ट्रष्टले उक्त घर ३५ दिन भित्र खाली नभए कानुनी उपचार तिर जाने समेत जनाएको छ ।
फैसला भएको एक वर्ष वितिसक्दा समेत घरजग्गा खाली नभएपछि नेपाल ट्रस्टले सिंहलाई घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेट दिएको हो। प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर जग्गा खाली गराइदिन काटिएको पत्रमा भनिएको छ– नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मार्गस्थित नक्सा नं। ११०३–१२, कित्ता नं।२५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्ग मिटर ९१५ रोपनी० को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबीसमेत पुनरवलोकन हुँदा माग दाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार उक्त पत्र काटिएको उल्लेख छ।