माडी, माघ ०२। हिउदे वर्षाका कारण प्रथम माडी खिचरा महोत्सव दुई दिनका लागि स्थगित भएको छ।
आज विहान वसेको महोत्सव सचिवालयको बैठकले आज र भोलीको कार्यक्रम स्थगित गरिएको जनाइएको छ। माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारीणी सभा क्षेत्र नं १ माडी र नेपाल आदीबासी जनजाती महासघं नगर समन्वय परिषद् माडी सह आयोजनामा जारी खिचरा महोत्सवको सम्पुर्ण कार्यक्रम २ दिनका लागि स्थगित गरिएको मेला मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए। माघी पर्वको अबसरमा आयोजित महोत्सवमा थारु,बोटे,गुरुङ समुदायको खाना परिकारका स्टलहरु रहेका छन् भने संस्कृति रहनसहन झल्कने झाँकी प्रर्दशन गरिदै आएको छ। माडी नगरपालिका ४ सिधुवा चौरमा जारी महोत्सवमा आज गायक टिका सानु,गायक प्रदिप त्रिपाठी,हास्य कलाकार विष्णु प्रसाद सापकोटा (हर्के हल्वदार),पल्पसा डंगोल (चम्सुरी)लगायतको प्रस्तुती रहने तालिका रहेको थियो।
प्रथम माडी खिचरा महोत्सव दुई दिनका लागि स्थगित
