नेपालको लागि नौल फलको रुपमा रहेको ड्रागन फल सिउँडी प्रजातीको फल हो। यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ। यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो। यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ । यसको फूल रातिमा मात्र फुल्छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ। फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ। प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ।यो फल मीठो मात्र छैन, औषधीय गुणले भरिपूर्ण छ। यसको उपयोगिता बारे जानकारी राखौं।
- यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ।
- यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ।
- बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ। यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ।
- आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो।
- कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रण गर्नुको साथै कब्जियतको समस्यालाई समेत निको पार्छ।
- छालासम्बन्धि विभिन्न रोग निको पार्नका साथै तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ।
- ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ।
- सुकेको फूलको स्पेसल चिया बन्छ।
- यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ।