काठमाण्डौं, माघ ३ । सिजन मिडियाले सञ्चालन गरेको ‘लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन्।
विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् भने मिसेज मल्टी मिडिया अवार्ड पनि हाल पार्न सफल भइन्।
यस्तै फस्ट रनरअप सविता शर्मा भइन्। उनले मिसेज पपुलरको अवार्ड पनि हात पार्न सफल भइन्। सेकेण्ड रनर अपमा सीता अर्चना पौडेल चयन भएकी छन् । उनीले पनि वेष्टवाकको अवार्ड हात पार्न सफल भइन्। साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका छन्। थर्ड रनर अपमा रञ्जना निरौला, र फोर्थ रनर अपमा देवकला पुनः छनोट भएका छन्।
यस्तै ‘सवटाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन व्यूटीफूल आइज, सिर्जना गौतम फेष्डसिप अवार्ड, सिर्जना पनेरु डाइनामिक अवार्ड, सरिता कर्ण वियारी एलीगेनस अवार्ड, अमिता अमात्य इनोसेन्ट अवार्ड, दिपा ढुङ्गाना इनरजेटीक हवार्ड, सुहाना अर्याल वेष्ट फीगर अवार्ड, उर्मिला खत्री फोटोजेनीक अवार्ड, समीसा गिरी ट्यालेन्ट अवार्ड, सुम्निमा चौधरी व्यूटीफूल स्कीन अवार्ड, रिता कार्की वेष्ट पर्सनालीटी अवार्ड र रस्मिला शाही अर्गनाइजर च्वाइस वेष्ट ड्रेस र भिर्योस च्वाइस अवार्ड हातपार्न सफल भइन्।