काठमाण्डौं, माघ ३ । नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ।
सिंहदरबारमा शुक्रवार बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने लगायतका निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरन्द्रराज पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार एमसीसी पारित गर्नका लागि संसदमा दबाब दिने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलको बैठकले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ। सभामुख चयनको प्रक्रिया शुरु भएपछि कांग्रेसले सत्तारुढ दलसँग समेत सभामुखका बारेमा छलफल गर्ने निर्णय गरेको बताए।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसका महिला सांसदहरुलाई जथाभावी रुपमा बोल्दै नहिँड्न सचेत समेत गराउने निर्णय गरेको जानकारी दिए।