काठमाण्डौं, माघ ४ । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुदैछ। पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा भिड्नेछन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ। पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ।
जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ। आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा दुवै टिम दिउँसो ३ बजे आमने सामने हुनेछन्।
मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ। थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ।
शीर्ष स्थानको आर्मीको १३ अंक रहेको छ। मछिन्द्रलाई गोल अन्तरमा पछाडी पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।