काठमाण्डौं, माघ ४। राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रियसभा सदस्यका लागि २ उम्मेदवार अघि सारेको छ। जनमोर्चाले गण्डकी प्रदेशमा शंकरप्रसाद बराल र ५ नंं प्रदेशमा शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी र प्रदेश ५ बाट पार्टीले उठाएको २ उम्मेदवारले अन्य समूहबाट प्रतिस्पर्धा गर्ने जानकारी दिए।
जनमोर्चाले आफ्ना उम्मेदवारलाई विजयी गराउन प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग भोटसमेत मागेको छ।
राष्ट्रियसभाको १८ सिट रिक्त हुँदैछ। त्यसका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ।